खेतिपातिको समयमा धमाधम गोरु मर्न थालेपछी सल्यानका कृषकहरुलाई चिन्ता बढ्यो


दुर्गा विसि । सल्यान । पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा,५,६ र ७,८ र ९ लगाएतका क्षेत्रमा पशुचौपाएमा नयाँ रोग देखिन थालेको छ । किसानका हल गोरुमा नयाँ रोग लम्कि स्किन डिजिज गोरुहरु मर्न थाले पछि यतिखेर किसानले भने सरकार खोजिरहेका छन् ।अन्न उत्पादनको एक मात्रै साधन अब सिजन सुरु हुन थाले पछि कतै गोरुमा यो रोग सर्ने चिन्ताले पिरोलेको छ । सिद्धकुमाख गाउँपालिकाको वडा ४ सागिने,बनगाड कुपिण्डे नगरपालिकाको पाखापानि,मैदु आसपासका क्षेत्रमा भकाभक गोरु मर्न थालेका छन् । नाकाबाट सिगान वग्ने,टाउको सुनिने,पिसाव नलि सुनिने र दुईतिनदिनको अन्तरमै गोरु मर्ने गरेको स्थानीय कमलचरण धितालले जानकारी दिए । रोग लागे पछि दानापानी पूर्णत बन्द हुने गरेको छ । अर्का स्थानीय जयराम बुढाथोकीको गोरु समेत विरामि परेको छ, औषधी गर्दा समेत निको नभएको बताईएको छ । यस विषयमा बनगाड कुपिण्डे नगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख विनाराम विसिले भने यो रोगको भ्याक्सिन नै भएको भन्दै उपचार विधि तर नेपालमा हालसम्म खोप नभएको जानकारी दिए । नाइटो सुनिने,नाकाबाट पातलो सिगान वग्ने लम्कि स्किन डिजिज रोग भएको पुष्टि भएको उनले जानकारी दिए ।नेपालमा हालसम्मको यसको उपचार विधि खोप मात्रै भएकोले सो रोगको खोप नेपालमा नभएकाउनको भनाई रहेको छ । नयाँदिल्ली भाइरस भएकोले तत्काल औसधि उपचारमा कठिनाइ भएको विसिको भनाइ रहेको छ । खेतीपातीको सिजन आउदै गर्दा गाउँमा किसानका धेरै गोरु विरामि परेका छन् । १४ भन्दा धेरै गोरु मरि पनि सकेका छन् । खेतीपातीको सिजनमा गोरुमा नयाँ रोग देखा परे पछि किसानलाई भने यो कुराले पिरोलेको छ ।


तपाईको प्रतिक्रिया