
सुर्खेत । सिम्ता बहुमुखी क्याम्पस सुर्खेतको स्वतन्त्र विद्यार्थी यूनियनमा अनेरास्ववियूको प्यानल नै विजयी भएको छ । त्रिभूवन विश्व विद्यालयको आंगिक क्याप्स सिम्ता बहुमुखीमा आईतवार भएको मतदानबाट घनश्याम रेग्मी अध्यक्ष रहेको प्यानलनै विजयी भएको हो । रेग्मीले ७० मत ल्याएर बिजयी हुँदा प्रतिद्वन्द्वि नेबिसंघका खगेन्द्र सापकोटाई ८ मतले पछी परेका छन् । सचिवमा कृष्णा रावल ६९, कोषाध्यक्षमा शंकर सोनी ७० मत ल्याएर निर्वाचित भएका छन् । सदस्यमा गिता मल्ल ६९, सिर्जना श्रेष्ठ ७२, हिर्मा कुमारी रावत ७० मत ल्याएर निर्वाचित भएका छन् । यस्तै समानुपातिक तर्फ करुणा परियार, रमेश वि.क. प्रदिप शर्मा र प्रदिप वस्नेत निर्वाचित भएका छन् । समानुपातिक तर्फ अनेरास्ववियूको ७४ र नेविसंघको ५६ मत आएको छ ।


दर्शन खबर । ५ चैत्र २०७९, आईतवार