बिद्यापुर जनता बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका चेतन नेपाली बिजयी

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय अन्तरगत बिद्यापुर जनता बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा नेविसंघका चेतन नेपाली विजयी भएका छन् ।
नेपाली काङ्ग्रेस निकट नेविसंघका तर्फबाट चेतन नेपाली २ सय २३ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले निकट अनेरास्ववियुका तर्फबाट केशव साउदले १ सय ७ मत ल्याएका छन ।
त्यसैगरी सचिवमा अखिल क्रान्तिकारीका जनक बिष्टले २ सय ७ मत ल्याएर जित हासिल गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियु का हार्दिक भण्डारीले १ सय २२ मत प्राप्त गरेका छन । त्यसैगरी कोषाध्यक्षमा नेविसंघका डोलमा पौडेल २ सय १० मत ल्याएर बिजयी भएकी छन भने अनेरास्ववियु समाजबादीका गिता वि.क.ले १ सय १८ मत प्राप्त गरेकी छन ।
सदस्य हरुमा नेबिसंघका मनिषा थापा २ सय २१ र अखिल क्रान्तिकारीका नमिता शाहीले २ सय ६ मत प्राप्त गरि बिजयी भएका छन । उनका प्रतिद्वन्द्वी सुस्मिता थापाको १ सय १७ मत प्राप्त भएको छ । ३ सय ९२ जना मतदाता रहेका क्याम्पसमा ३ सय ३४ मत खसेको थियो ।


तपाईको प्रतिक्रिया