सुर्खेत बहुमुखी क्याम्पसमा स्ववियुका लागि मतदान सम्पन्न, मतगणना सोमवार विहान देखी

सुर्खेत । आईतवार विहान ८ बजे देखी सुरु भएको सुर्खेत बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन सम्पन्न भएको छ ।
वीरेन्द्रनागर ८ क्याम्पस लाईन स्थित सुर्खेत बहुमुखी क्याम्पस (शक्षा) स.कायकोे मुख्य पढाइ हुने स्थान नेपाल भारत मैत्री भवनको प्राङ्गणमा स्ववियु निर्वाचन सुरु भएकोमा आईतवार अपरान्ह करिव ४ बजे सम्पन्न भएको थियो ।
कुल मतदाता ३ हजार ८ सय २२ कुल मतदाता रहेको क्याम्पसमा ८६ जना उमेदवार रहेका थिए । उक्त निर्वाचनमा प्रत्यक्ष तर्फ १ हजार ६ सय ८१ र समानुपातिक तर्फ १ हजार ६ सय ७९ मत खसेको छ भने मत गणना सोहि क्याम्पसको नेपाल भारत मैत्री भवनमा ६ गते बिहान देखि सुरु हुने भएको छ ।


तपाईको प्रतिक्रिया