परमादेशी शैली अपनाएकाे भन्दै शिक्षक महासंघ लेकवेशीले बुझायो ज्ञापन पत्र


सुर्खेत । शिक्षक महासंघ लेकवेशीले नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । नगरपालिकाले शुक्रबार स्वयम सेवक तथा पिसिएफ दरवन्दीका शिक्षकहरुलाई पारिश्रमिक दिन नसक्ने भन्दै कामकाजमा नलगाउने निर्णय गरेको थियो । उक्त निर्णय पश्चात स्वयम सेवक तथा पिसिएफ दरवन्दीमा अध्यापन गराउँदै आएका शिक्षकहरुले संघर्ष समिती बनाएका थिए । आईतवार शिक्षक महासंघ लेकवेशीको अगुवाईमा नगर प्रमुख उमेश कुमार पौडेल, प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाही र शिक्षा शाखा प्रमुख पहलमान अधिकारी समक्ष ज्ञापनपत्र बुझाईएको शिक्षक महासंघ लेकवेशीका अध्यक्ष लोक बहादुर नेपालीले जानकारी दिए ।

शिक्षक व्यवस्थापनको विषयमा शिक्षा समितीको बैठकमा छलफल भई स्वयम सेवक करार र पिपिएफ तर्फका शिक्षकहरुको व्यवस्थापन गर्न तत्काल कार्यपालिकाको बैठक बसी निर्णय गर्ने सहमति भएता पनी नगरपालिकाले एकोहोरो परमादेशी शैलीमा शिक्षक हटाउने निर्णय गरेको प्रति शिक्षक महासंघ लेकवेशीको गम्भिर ध्यानाकर्ण भएको जनाएको छ । शिक्षकहरु विद्यालयबाट विस्तापित हुदाँ आईतवार देखी संचालन भईरहेको बार्षीक परिक्षमा असर पर्ने भन्दै नगरपालिकाले शिक्षा प्रति देखाएको गैर जिमेवारीपन र त्रुटिपुर्ण निर्णयका विरुद्ध घोर आपत्ती प्रकट गरेको छ । ज्ञापन पत्रमा चैत्र १ गते देखी हाजिरी नगर्नु नगराउनु भन्ने निर्णलाई तत्काल सच्याई स्वयमसेवक करार र पिसिएफ शिक्षकहरुलाई उच्च मनोवलका साथ विद्यालयमा नियमित काम गर्ने बतावरण सृजना गर्न आग्रह गरिएको छ । यस्तै, तत्काल नगर कार्यपालिकाको बैठक बसि स्वयमसेवक करार र पिसिएफका शिक्षकहरुको नियमितताका लागी नर्णय गर्न अनुरोध समेत गरेको छ । लेकवेशीको शैक्षीक विकासका लागी विज्ञ समिती निर्माण गरी छलफल अगाडी बढाउन समेत शिक्षक महासंघ लेकवेशीले अनुरोध गरेको छ । यता नगर प्रमुख उमेश कुमार पौडेलले यस विषयमा नगरपालिकाको शिक्षा संग सम्वन्धीत शाखा तथा पदाधिकारीहरु संग बसी छलफल गर्ने तयारी गरिएको बताए ।

 


तपाईको प्रतिक्रिया