
सुर्खेत । भेरिगंगा ११ रामघाटकाे हिमशिखर बहुमुखी क्याम्पसको स्ववियु सभापतीमा सिर्जना रसाईली सर्वसम्मत रुपमा चयन भएकी छिन । स्ववियु निर्वाचनमा हिमशिखर बहुमुखी क्याम्पसका विभिन्न विद्यार्थी संगठन विच सर्वसहमति गरी पदाधिकारी चयन गरिएको छ ।
जसमा स्ववियु सभापतिमा सिर्जना रसाईली चयन भएकी छिन, यस्तै उप सभापतिमा सृजना परियार, सचिवमा कविराम खड्का, सह सचीवमा गणेश खत्री, कोषाध्यक्षमा सन्त बहादुर बुढा, सदस्यहरुमा रुद्र बहादुर कार्की, मिनेन्द्र विष्ट, गणेश बस्नेत, दिपा वली, अनिता कठायत, अनराज बोहोरा, सरिता कार्की, विमला चुनारा, प्रतिमा जिसीसहित प्रत्यक्षतर्फ ८ समानुपातिक तर्फ ७ जना गरि १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको निर्वाचन अधिकृत दल बहादुर शाहीले जानकारी दिए ।


दर्शन खबर । ५ चैत्र २०७९, आईतवार