लेकवेशीले पि.सि.एफ. र स्वयमसेवक शिक्षकहरु हटाउने

सुर्खेत । लेकवेशी नगरपालिकाले स्वयमसेवक तथा पिसिएफ कोटाका करारका शिक्षकहरुको पारिश्रमीक दिन नसक्ने भएको छ । शुक्रबार लेकवेशी नगरपालिकाले एक सुचना जारी गर्दै यस्तो जनाएको हो । नगरपालिका अन्तरगतका सामुदायीक विद्यालयहरुमा स्वयम सेवक तथा पि.सि.एफ. तर्फ प्रावि, मावि र उच्च मावीमा करार सेवाका शिक्षक व्यवस्थापन गरी शिक्षण सिकाई क्रियाकलापलाई सहजीकरण गर्दै आईरहेकोमा नगरपालिकाको आन्तरिक श्रोतबाट उठ्ने रकम न्युन भएको भन्दै उनिहरुको म्याद थप गर्न नसकिने जनाएकाे छ । चैत महिना देखीनै स्वयमसेवक तथा पि.सि.एफ. दरवन्दीका शिक्षकहरुलाई विद्यालयमा कामकाज नगराउन सम्वन्धीत विद्यालयहरुलाई सुचना जारी गरिएको नगरपालिकाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया