सुर्खेत । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल लेकवेशीको भेला सम्पन्न भएको छ । शुक्रबार भएको भेलाले चन्द्र बहादुर रानाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिती समेत चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र वहादुर राना, उपाध्यक्षमा, तिलक प्रसाद पाण्डे, सचिवमा बिर्मा बाँकवल, कोषाध्यक्षमा गोपाल बले र सदस्यहरुमा, खुम प्रसाद मरासाइनि, लाल बहादुर फौजा,.धर्मन्द सापकोटा, कर्ण खड्का, मनिराम अधिकारी, देब बहादुर बारघरे, रिगु थापा, सुमित्रा तारम, तिर्सना तारम र धनसरा राना चयन भएका छन् ।
लेकवेशी नगरपालिका नगर प्रमुख उमेश कुमार पौडेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा, विद्यालय व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेश अध्यक्ष गोबिन्द कोइरालाको विशेष आतिथ्यता तथा जिल्ला कार्यसमिति अध्यक्ष चन्दा खड्का लामिछाने को उपस्थिति रहेको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ लेकवेशीका अध्यक्ष चन्द्र बहादुर रानाले जानकारी दिए ।



दर्शन खबर । ३ चैत्र २०७९, शुक्रबार