सुर्खेतका लागि उड्ने तयारी गरेको बुद्ध एयरको जहाजमा समस्या


काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ ।
बुद्ध एयरको यु ४१३३ जहाजमा समस्या देखिएपछि पार्किङ गरिएको छ ।
शनिवार बिहान काठमाडौंबाट सुर्खेतका लागि उड्ने तयारी हुँदा धावन मार्ग छाड्ने बेला उड्न नसकेको यात्रु मानव अधिकार एलायन्सका अध्यक्ष मीनबहादुर शाहीले बताए ।
जहाजमा देखिएको समस्याका बारेमा अहिलेसम्म एयरलाइन्सले केही भनेको छैन ।

तपाईको प्रतिक्रिया