सुर्खेत । गैसस महांसंघ कर्णाली प्रदेशको अध्यक्षमा सुर्खेतका हरी प्रसाद अधिकारी चयन भएका छन् । गैर सरकारि संस्था महासंघ नेपाल कर्णाली प्रदेश समितिको दोस्रो साधारणसभा सभाले रिक्त रहेको अध्यक्ष पदमा हरि प्रसाद अधिकारी लाई सर्ब सम्मत चयन गरेको छ । यस्तै सचिवमा चन्द्र प्रसाद शर्मा उपसचिव मा हरि प्रसाद शर्मा सदस्य हरुमा रामबिक्रम शाह, खडक बहादुर दमाई यज्ञ बिक लाई समेत चयन गरेको छ ।
सभाले गैसस प्रोफाइल बनाउने जिल्ला शाखाको क्षमता बिकास गर्ने,कर्णाली प्रदेशका स्थानीय तह मा समन्वय समिति मंसिर भित्र गरि सक्ने महासङ को प्रदेस स्तरमा जिल्ला मा घुम्ती बैठक गर्ने निर्णय भएको छ ।



दर्शन खबर । ११ आश्विन २०७६, शनिबार