भेरिगंगा १३ का विपन्न विद्यार्थीहरूले पाए शैक्षिक सामग्री

सुर्खेत । एकता युवा समाज सुर्खेतले विपन्न तथा गरिब विद्यार्थीहरूलाई शैक्षिक सामग्री विरण गरेको छ । विजया बिजया दशमी तथा शुभ दिपावलीको अवसरमाएकता युवा समाज सुर्खेतले विपन्न तथा गरिब विद्यार्थीहरूलाई शुक्रबार शैक्षिक सामग्री विरण गरेको हो ।
भेरीगंगा नगरपालिका वडा नम्बर १३ स्थित लालीगुराँस माध्यामिक विद्यालयमा समाजले एक कार्यक्रमको आयोजना गरेर बिपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको थियो । लालीगुराँस माध्यामिक विद्यालयका अध्ययनरत ९ जना विपन्न विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल, झोला लगायतका सामग्री वितरण गरिएको एकता युवा समाजका कार्यकारी अध्यक्ष भक्त बहादुर वुढाले जानकारी दिए ।
प्रत्येक विद्यार्थीलाई ९ वटा नेपाली कापी, ३ वटा अंग्रेजी कापी, १० वटा कलम, १० थान पेन्सिल, २ थान इलेजर, १ थान पेन्सिल कटर, यक थान ज्यमिती बक्स, १ थान स्कुल ड्रेस, १÷१ थान झोला वितरण गरिएको हो कार्यकारी अध्यक्ष वुढाले बताए ।
उक्त शैक्षिक सामग्रीहरू वितरणमा हाल मलेसियामा रहेका राजु शाही, विमल कुमार राना, भक्तबहादुर बुढा, गोविन्द घर्ती, केशव बुढा, जय बहादुर विक लगायतका टोलीले सहयोग गरेका थिए ।


तपाईको प्रतिक्रिया