ईन्द्र बुढाथोकी
सल्यान । नेपाल युवा परिषद सल्यानद्धारा कुपिण्डे दह सरसफाइ गरिएको छ । बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर ८ मा पर्ने कुपिण्डे दह सरसफाइ गरिएको जिल्ला सयोजक एलिसा डि सिले जानकारी दिएकी छ्न । आज नेपाल पर्यटन दिवसको अवसरमा पर्यटन वर्ष २०२० लाई सफल पार्न नेपाल भरी १ सय भन्दा बढी पर्यटकिय स्थालहरुको सरसफाइ गरिएको सयोजक डिसिले जानकारी दिएकी छन । केन्द्रिय निर्णय अनुसार ७७ जिल्लाका १ सय भन्दा बढी पर्यटकीय स्थालहरुमा सरसफाइ गरि सधैं सफा राखौ धेरै पर्यटक पढाउ भन्ने मुल नाराका साथ युवाहरूको सहभागीमा कुपिण्डे दह सरसफाइ गरिएको छ । ८ नम्वर वडा अध्यक्ष कुल बहादुर पुरी प्रमुख अतिथिमा भएको कार्यक्रममा युवा परिषद सल्यान, अस्थायी प्रहरी चौकी बाबियाचौर, शिक्षक लगाएत स्थानीयको सहभागी रहेको थियो ।



दर्शन खबर । १० आश्विन २०७६, शुक्रबार