अखिल नेपाल किसान महासंघ सुर्खेतद्वारा प्रधामन्त्रीलाई ज्ञापनपत्र

सुर्खेत । अखिल नेपाल किसान महासंघ सुर्खेतले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष ज्ञापन पत्र बुझाएको छ ।
सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरेको विरोधमा शुक्रवार सुर्खेतका अध्यक्ष विनोदकुमार गिरी नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्ललाई बुझाइएको ज्ञापनपत्रमा अनुदान कटौतीको निणर्यले कृषिमा मूल्यवृद्धि भई उपभोक्ता मारमा पर्ने निष्कर्ष निकाल्दै खेतीको समयमा मलको अभाव खेपरिहेका किसानलाई अझ समस्यामा धकल्ने प्रयास सरकारले गरेको उल्लेख छ ।

तपाईको प्रतिक्रिया