उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

                                                                                                                फाईल फोटो

काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादव विजयी भएका छन् ।
शुक्रबार उपराष्ट्रपति चयनका लागि भएको मतदानमा यादव निर्वाचित भएका हुन् । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायत ९ दलीय गठबन्धनमा सहमति नजुटेपछि गठबन्धनबाटै यादव र जनमत पार्टीकी ममता झा गरेर दुइजना उम्मेदवार रहेका थिए । उता प्रतिपक्षी नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार रहेकी थिईन् । यादवलाई कांग्रेस, माओवादी,समाजवादी, जसपा लगायतका दलको समर्थन रहेको थियो ।
३० हजार ३२८ मतभार ल्याएर यादव उपराष्ट्रपतिमा निर्वाचित भएकबा हुन् । शाक्यले १६ हजार ३२८ मतभार प्राप्त गर्दाे झाले २ हजार ५३७ मतभार प्राप्त गरेका छन् ।

 

तपाईको प्रतिक्रिया