लागुऔषध खैरोहेरोईन सहित ११ जना पक्राउ

कैलालीमा लागुऔषध खैरोहेरोईन सहित ११ जना लाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका बिभिन्न स्थानहरुवाट लागुऔषध खैरोहेरोईन सहित ११ जना लाई प्रहरीले पक्राउ गरेको हो । अस्थाई प्रहरी पोष्ट जुगेडावाट खटिगएको प्रहरी टोलीले नेपाल भारत सिमानाका स्थित धनगढी उप महानगरपालिका वडा नं. १२ का बस्ने समेन्द्र बोगटी समेतका ६ जनालाई शंका लागि चेकजाँच गर्दा ३ ग्राम २८ मिलिग्राम लागुऔषध खैरोहेरोईन सहित २ प ९४५२ नम्बरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो ।

यसैगरि बिहीबार प्रहरी चौकी कैलाली गाँउवाट खटिएको प्रहरी टोलीले धनगढी उप-महानगरपालिका १३ का सुनिल रानालाई शंका लागि चेक जाँच गर्दा १०० मिलिग्राम लागुऔषध खैरोहेरोईन सहित से ४ प ९९७९ नम्वरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ । बिहीबार नै अस्थाई प्रहरी पोस्ट बिशालनगरबाट खटिई गएको प्रहरी टोलीले धनगढी उ.मा.न.पा. ३ पुलिस बोडिङ्ग स्कुल पछाडी धनगढीउपमहानगरपालीका ३ का सन्दिप पौडेल समेत २ जनालाई ५०० मिलिग्राम लागुऔषध खैरो हिरोईन सहिर्त प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय चौमलाबाट खटिई गएको प्रहरी टोलीले गौरिगंगा न.पा. १ गोप्का बाट बिजय चौधरी समेत २ जनालबाट २८० मिलिग्राम लागुऔषध खैरोहेरोईन सहित पक्राउ गरेको प्रहरि स्रोतले जनाएको छ ।
पक्राउ परेका ११ जनाहरुलाइ प्रहरि नियन्त्रणमा राखि थप अनुसन्धान गरिने प्रहरिले जनाएको छ ।

तपाईको प्रतिक्रिया