सुर्खेतमा सहकारी त्रास, सम्पती बेचेर भएपनी बचत फिर्ता हुन्छः अध्यक्ष श्रेष्ठ ( भिडियो सहित ) 

सुर्खेत ।  वीरेन्द्रनगरका केहि सहकारीले बचतकर्ताको रकम फिर्ता दिन सकेका छैनन् । बचतकर्ताहरू आफूले बचत जम्मा गरेको रकम फिर्ता लिन दिनहुँ सहकारीको कार्यलयमा पुग्ने गरेता पनि बचत रकम फीर्ता नपाएको गुनासो गरेका छन् । बचतकर्ता ले समान्य रकमको चेक साट्न सहकारीमा पुग्दा पनि भोलि भोलि भन्दै सहकारी व्यवस्थापकहरुले फर्काउने गरेको पाइएको छ । ‘केहि समस्या परेमा समाधान गर्न सहज होस भनेर बचत गरेका थियौं, आवश्क्ता परेको बेला आफ्नै पैसा पनी नदिने’ एक बचत कर्ताले गुनासो गरीन् । ऋण प्रवाहमा भएको लापरबाहीले सहकारी सङ्कटमा पुग्दा बचतकर्ता दिनहुँ जम्मा गरेको रकम लिन सहकारीमा धाउनुपर्ने बाध्यता छ । सहकारीमा राखेको बचत सबै सदस्यले एकैपटक ग्रुप बनाएर बचत फिर्ता माग गर्दा भुक्तानी प्रक्रियामा असहज भएको सहकारी संचालकहरु बताउछन् । ऋण लगानी असुली गर्न जाँदा ऋणी सदस्यहरू लाई बारम्बार ताकेता गर्दा विभिन्न आर्थिक समस्या देखाउने यता बचत कर्ता सदस्य ग्रुपनै बनाएर बचत फिर्ता लिन आएकाले समस्या भएको सहकारी संचालकहरुको भनाइ छ । सहकारीका संचालक हरुले भने ‘अहिले बजारमा हामीले ताकेता गरेर दैनिक जसो ८/१० लाख रुपैयाँसम्म बचतकर्तालाई दिन थालेका छौँ’ । एक सहकारीका व्यवस्थापकले भने केही समयमै सहकारी सही ट्र्याकमै आउँछ ’ । अहिले बैंकसँगै सहकारी क्षेत्रमा पनि तरलताको समस्या भएपछि सहकारी संस्थाहरुलाई बचतकर्ताको रकम फिर्ता दिन पनि सकस भएको सहकारी रजिस्ट्रार कार्यालय वीरेन्द्रनगरका रजिस्टार खुम प्रसाद सुबेदिले बताए ।

दर्शन खबरले समाचार संकलन गरे लग्गतै नागरिक बहुउदेश्य सहकारी संस्था ली. वीरेन्द्रनगर का अध्यक्ष सुर्दशन श्रेष्ठले एक प्रतिबद्धता पत्र सार्वजानीक गर्दै संस्था र संस्थाका संचालकहरुको चल अचल सम्पती विक्रि गरेर भएपनी बचत कर्ताको बचत फिर्ता गर्ने वताएका छन् । यस्तै शिलादेवि कृषि सहकारी संस्था ली. केन्द्रिय कार्यालयका व्यवस्थापक गोकुल वमले १५ दिन भित्र सहजतरिकाले सदस्यको वचत फिर्ता गराउने  प्रतिबद्धा गरेका छन् । भिडियो हेर्नुहाेस्

तपाईको प्रतिक्रिया