अवैध तवरबाट ल्याईएको कपडा छिन्चुमा बरामद


सुर्खेत । विल विनै ल्याईएको अवैध कपडा छिन्चु प्रहरीले बरामद गरेको छ । महेन्द्रनगरबाट कालिकोटकोे लागि आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०२६० नम्बरको बसलाई भेरीगंगाको छिन्चुमा चेक जाचँ गर्ने क्रममा १ सय २० पिस काँचो कुर्ता सुरुवाल फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको कपडाहरु ईलाका प्रहरी कार्यालय छिन्चुमा राखि, कपडा ल्याईएको बसलाई गन्तब्य स्थल कालिकोट तर्फ पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया