आईसीसी विश्वकप लिगः युएईसँग नेपालको निर्णायक म्याच आज

फाईल फोटो
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) सिरिज अन्तर्गत अन्तिम खेलमा बिहीबार नेपाल र युएई खेल्नेछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान ९ः३० बजेबाट सुरू हुने खेल नेपालका लागि फाइनल सरह हो ।
युएई विरुद्धको खेल जितेमा नेपाल विश्वकप लिग–२ को तेस्रो स्थानमा उक्लँदै तीन महिनापछि ९ जुनमा जुलाई जिम्बाबेमा हुने विश्वकपको ग्लोबल क्वालिफायर मा सोझै छनोट हुनेछ ।
पाँच वर्ष अगाडि एकदिवसीय मान्यता पाएयता नेपालका लागि यो सबैभन्दा ठूलो सफलतासमेत हुनेछ । एक महिना अगाडिसम्म एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता जोगाउनसमेत मुस्किल रहेको नेपाल शीर्ष तीनमा रहेर टेष्ट राष्ट्र सम्मिलित विश्वकप क्वालिफायरमा छनोट हुन एक कदम पछि छ ।
कुल ७ टिम सम्मिलित प्रतियोगितामा नेपाल चौथो स्थानमा छ । ३५ खेल खेलेको नेपालले १८ मा जित र १५ मा हारसहित ३८ अंक जोडेको छ। नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

 

तपाईको प्रतिक्रिया