
सुर्खेत । आज (विहिवार) देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने भएको छ। स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार पहाडी भू(भागका थोरै स्थानहरू तथा तराई भू(भागका एक दुई स्थानमा अपराह्णतिर मेघ गर्जन र चट्याङसहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति पहाडी भू भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू भागमा आंशिक बदलिदेखी मौसम सामान्यतया सफा रहने महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वाअनुमार बुलेटिनमा उल्लेख छ । देशका पहाडी भू भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।



दर्शन खबर । २ चैत्र २०७९, बिहीबार