कैलालीमा दुई जना फरार अभियुक्त पक्राउ

कैलाली । सवारी ज्यान कसुर मुद्दाको फरार प्रतिबादी पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय सुख्खड कैलाली र प्रहरी चौकी पहलमानपुर
खटिएको संयुक्त प्रहरी टोलीले कैलाली जिल्ला अदालत धनगढी कैलालीको २०७७÷०४÷२७ गतेको आदेशले १ महिना कैद र दुई हजार जरिवाना तोकिएको सवारी ज्यान कसुर मुद्दाको फरार प्रतिबादी घोडाघोडी नगरपालिका ८ दिपनगर बस्ने बर्ष २९ को लोकेन्द्र गुरुङलाई निजको घर नजिक सडक वाटोमा हिडिरहेको अवस्थामा गरेको हो ।

 

यस्तै बुधवार ईलाका प्रहरी कार्यालय सुख्खड कैलाली र प्रहरी चौकी पहलमानपुर कैलालीवाट खटिएको संयुक्त प्रहरी टोलीले सम्मानित कैलाली जिल्ला अदालत धनगढी कैलालीको २०७५÷११÷९ गतेको आदेशले २२ दिन कैद र दश हजार जरिवाना तोकिएको चोरी कसुर मुद्दाको फरार प्रतिबादी कैलाली घोडाघोडी नगरपालिका १० पहलमानपुर थेबै बस्ने बर्ष २८ को रमेश भन्ने सनम डगौरा आफ्नै घरमा बसिरहेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।
दुवै जना फरार प्रतिवादीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत धनगढी कैलालीमा बुझाईएको छ ।

तपाईको प्रतिक्रिया