जाजरकोटमा झाडापखालाले एकको मृत्यु

सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा झाडापखालाका कारण एकजनाको मृत्यु भएको छ। जुनीचाँदे गाउँपालिका-७ जुनीका ५१ वर्षीय जयराज रोका मगरको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले बताए।

गत फागुन १८ गतेदेखि झाडापखाला लागी रोकाको मृत्यु भएको शाहीले बताए।

साथै उनका छोरा वर्ष १४ को अनमोल रोका मगर सिकिस्त विरामी भई उद्धार गरिएको उनले बताए। आइतवार स्वास्थ्य शाखा मजकोट र प्रहरी चौकी मजकोटको टोली उक्त स्थानमा पुगी प्राथमिक उपचार गरेको शाहीले बताए।

रोकालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ। गाउँपालिकामा असोजदेखि औषधि अभाव छ।

गाउँपालिकाले मंसिरमा २१ लाख ५० हजारको औषधि खरिद गर्दा समेत स्वास्थ्य संस्थामा नदिएको स्वास्थ्यकर्मीको गुनासो छ।

तपाईको प्रतिक्रिया