विद्यालयमा प्रध्यानध्यापकको मनोमानि , न्याय माग्दै पालिका पुगे अभिभावक (भिडीयो सहित)

दैलेख । गुराँस गाउपालीका वडा नं. ७ मर्खेमा रहेको श्री सरस्वती आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समिती गठनमा विद्यालयका प्रध्यानध्यापकले मनोमानी गरेको अभिभावकहरुले गुनासो गरेका छन् । मर्खे विद्यालयका प्रध्यानध्यापक मान बहादुर वुढाले मनोमानी तरिकाले समितीमा रहने शिक्षा विद र चन्दा दाता राखेको अभिभावकहरुले आरोप लगाएका छन् । उनले प्रक्रिया पुरानगरि जालझेल गरि वि.व्य.स. गठन गरि पालिकामा पेशगरेको खबर पाए लगत्तै विद्यालयका अभिभावकहरु स्थानीय सरकार गुराँस गाँउपालीका लाएर ध्यानआर्षण गराएका छन् ।

अभिभावक राशिला रोकायका अनुसार हेडसर ले रित पुर्वकनै वि.व्य.स. गठन गर्न अभिभावकहरुलाइ पत्र काटेरै वोलाएको तर आफुले भनेअनुसारको अध्यक्ष वनाउन सकिदैनकि भनेर समिती गठन बैठकमा आफु अभिभावक हुदाँ समेत बस्न नदिएको गुनासो गरिन् । अर्का अभिभावक सरस्वती विसीले प्रध्यानध्यापकले अन्यकाम देखाउदै विद्यालय नजाने गरेकाले विद्यार्थिको पढाई प्रभावित भएको गुनासो गरिन् ।
अभिभावक सीता विसीका अनुसार अभिभावक वाट दुइ महिला र दुइ पुरुष चयन पछि अध्यक्षको लागि एकजना छान्न लगाए । र यसरि छानिएका अभिभावक लाई सरले अविर समेत लगाएर पछि कसैलाइ थाहा नदिएर अर्कै मान्छेलाइ अध्यक्ष बनाएको उनले वताईन् ।

अभिभावक वाट चुनियका दिकप विसीलाइ अविर लाई सकेपछि हेडसरले निर्णय पुस्तीका लुकाएर एक्कासि अहिले कसैलाइ पनि थाहाँ नदिएर अर्कै व्यक्तिलाइ अध्यक्ष बनाएको आरोप लगायका छन् । गुराँस गाउपालिकाले उक्त विद्यालयको विद्यालय व्यवस्थापन समितीले आधिकारीकता नपाई सकेकाले यसवारे छानविन गरि कानुनु अनुसारनै वि.व्य.स. गठन गर्ने वताएको छ । यता अभिभावकहरुले विद्यालयका हेडसर मान बहादुर बुढाले आर्थीक हिनामिना गरेको बिद्यालयमा राजनीती घुसाएको जस्तो आरोप लगाएका छन् आरोप समेत लगाएका छन्

भिडियो समाचार हेर्न

तपाईको प्रतिक्रिया