सिद्धपाईला स्कुलको १५ औँ वार्षीक उत्सव सम्पन्न


सुर्खेत । सिद्धपाईलाई ईन्ङ्गलिस मिडियम स्कुलको १५ औँ वार्षीक उत्सव सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १० मा रहेको उक्त विद्यालयको शनिवार बार्षीक उत्सव तथा अभिभावक दिवश सम्पन्न भएको हो । हाल नर्सरी देखी कक्षा १२ सम्म अध्ययन अध्यापन गराउँदै आएको सिद्धपाईला स्कुलले कक्षा ११ र १२ का कानुन विषयमा समेत पढाई हुदैँ आएकोे छ । आगामी वर्षहरुका कानुन विषयमा स्नातक सम्मनै अध्यापन गराउने तयारी गरिएको विद्यालयका प्रिन्सिपल नैन सिं खत्रीले जानकारी दिए । वीरेन्द्रनगर नगरपालिकाका कार्यबाहक मेयर निलकण्ठ खनालको प्रमुख आतित्थ्यतामा भएको भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य हेम प्रकाश ढुङ्गाना, कृष्ण प्रशाद शर्मा, कल्पना कार्की प्याब्सन केन्द्रीय समिती सल्लाहकार सागर भुषाल, प्याब्सनका पुर्व केन्द्रीय उपाध्यक्ष बालदिप कंडेल, नवराज गुरुङ्ग लगाएतको सहभागिता रहेको कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थी तथा अतिथिहरुलाई सम्मान समेत गरिएको थियो । विष्णु प्रशाद तिवारीको सभापतित्वमा कार्यक्र सम्पन्न भएको सिद्धपाईला ईन्ङ्गलिस मिडियम स्कुलले जनाएको छ ।


तपाईको प्रतिक्रिया