म.प. विश्वविद्यालयको स्ववियु निर्वाचमा बोगटीले उम्मेदवारी दिने


सुर्खेत । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) ले मध्य पश्चिम विश्वविद्यालय स्ववियु निर्वाचनको उम्मेदवार छनौट गरेको छ । यहि चैत्र ३ गते हुने स्ववियु निर्वाचनका लागी स्ववियु सभापतीको उम्मेदवारमा चिन बहादुर बोगटी लाइ उम्मेदवार बनाउने निर्णय गरेको हो । शनिवार जिल्ला पार्टी कार्यालय सुर्खेतमा एक औपचारिक कार्यक्रमका बिच सर्वसम्मत छनौट गरिएको सुर्खेत बहुमुखी क्याम्पस तथा मध्यपश्चिम विश्वविद्यालयका इन्चार्ज कमल शाहीले जानकारी दिए । छनौट कार्यक्रमकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज ध्रुव सि, जिल्ला सचिव जित सि अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा मध्य कर्णाली ब्युरो इन्चार्ज तुलराज तिरुवा मध्य पश्चिम विश्वविद्यालय तथा सुर्खेत बहुमुखी क्याम्पस इन्चार्ज कमल शाही, क्याम्पस अध्यक्ष बसन्त रोकाया लगायत विश्वविद्यालय कमिटीका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।


तपाईको प्रतिक्रिया