
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् ।
आज दिउँसो १ बजे आह्वान गरिएको प्रदेशसभा बैठकमा विश्वासको मत लिने बताइएको छ ।
संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम नियुक्त मुख्यमन्त्रीले सोही धाराको उपधारा ९४० अनुसार नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।
एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा कांग्रेसका शाहलाई माघ २६ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
यता नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले नेपाली कांग्रेसले आफूहरुसँग छलफलसमेत नगरेको भन्दै आपत्ति पनि जनाएको हो ।


दर्शन खबर । २१ फाल्गुन २०७९, आईतवार