दाङ्ग देखि सुर्खेत आउँदै गरेको टिप्पर गुर्भाकोटमा दुर्घटना


हुम बहादुर कार्की । सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्वर स्थित घुमाउने मोडमा टिप्परको ब्रेक फेल हुदाँ दुर्घटना भएको छ । दाङ्ग बाट सुर्खेत तर्फ आउँदै गरेको मालबाहक टिप्पर शनिबार दिउँसो १२ बजे दुर्घटना भएको हो । प्रहरी चौकी मालारानिका असई नर बहादुर शाहिका अनुसार रा १ ख २३६२ नम्बरको टिप्पर को ब्रेक फेल हुदाँ सडकमा पल्टीएको हो । टिप्परमा चालक स्यामलाल श्रेष्ठ र सह चालक सुरेश चौधरी रहेका र सह चालक चौधरी लाई हाम फाल्ने क्रममा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । टिप्पर बिच सडकमै पल्टदा सिमेन्ट बाटो भरी छरिए सङ्गै केही समय बाटो अबरुद्ध भएको भए को थियो र सोही छरिएको सिमेन्ट लाइ स्थानीयहरु को सहयोग मा बाटो खुलाइएको थियो ।


तपाईको प्रतिक्रिया