
सुर्खेत । नेकपा माओबादि केन्द्रको बराहताल गाउकमिटिको बैठक सम्पन्न भएको छ । २ महिने पार्टी शुद्धिकरण अभियान अन्तर्गत शनिबार बड्डिचौरमा पार्टी बैठक सम्पन्न भएको छ । सम्पन्न बैठकले बिकास र समृद्धिको लागि पार्टीलाई वडा स्तर सम्म परिचालन गर्ने यसैगरी समाजबादी केन्द्रका बराहतालका उपाध्यक्ष तिलक थापा पार्टी प्रबेस गराई स्वागत समेत गरेको छ । नेकपा माओबादी केन्द्र बराहताल गाउकमिटि सचिब दत्त बराललाई पार्टी सदस्य समेत नरहने गरि कारबाही गरिएको पार्टी अध्यक्ष बल बहादुर कठायतले जानकारी दिए । बैठकमा बोल्दै पार्टी केन्द्रिय सदस्य बिन्दमान बिस्ट्ले पार्टीलाई तल्लो तल्लो तहबाट सुधारको आवश्यकता रहेको बताए । कर्णाली प्रदेश सभा सदस्य समेत रहेका बिष्टले जनता माझ रहेर काम गर्न कार्यकर्ता लाई निर्देशन समेत दिए । उनले पार्टी नेता कार्यकर्ता हरु नीति सिद्धान्त र पार्टी बिचार र विधि पद्धति बिपरित गएको हो कि भन्ने तर्फ सचेत गराए । आगामी दिनमा पार्टीले गरेको रामो काम जनता सम्म पुर्याउन र दत्तचित्त भएर जनताको काममा लाग्न आग्रह गरे । आगामी दिनमा कसैको आशिर्वाद र पहुचको भरमा पार्टीमा पद प्राप्त गर्ने तर नतिजा नदेखिने परिपाटी अन्त्य गरिने बताउदै क्षमता र काम गर्न सक्ने कार्यकर्तालाई पार्टिले जिम्मेवारी दिने बताए ।


दर्शन खबर । २० फाल्गुन २०७९, शनिबार