ओलीका कारण आठ दलिय गठबन्धन बनेको हो : उपसभापति खड्का

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण आठ दलिय गठबन्धन बनेको बताएका छन् । बुधवार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै खड्काले अध्यक्ष ओलीले दम्भ देखाएको हुँदा आठ दलिय गठबन्धन बनेको बताएका हुन् । उनले अहिले नै आफू मन्त्री नबन्ने तर अरूलाई मन्त्री बनाउने अभियानमा लागेको बताएका छन् । यस्तै उनले अहिले नै सरकारको बारे आलोपालोको विषयमा कुनै सहमति नभएको पनि बताए ।

उपसभापति खडेकाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने र प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत पनि सोचे भन्दा धेरै आउने पनि दाबी गरे । उनले सात बर्षदेखि नै आफु मन्त्री नबन्ने दाबी गर्दै आएको बताए । खड्काले आफु अरुलाई मन्त्री बनाउने अभियानमा लाग्ने तर आफु नबन्ने दाबी गरे । उनले भोलि काठमाण्डौँमा आठ दलबाट राष्ट्रपतिको उम्मेदवारी दिएका रामचन्द्र पौडेलले सम्बोधन कार्यक्रम रहेको समेत जानकारी दिए । यस्तै १९ गते सातै प्रदेशमा एकैपटक राष्ट्रपति निर्वाचन लक्षित अभिमुखिकरण कार्यक्रम रहेको पनि जानकारी दिए ।

तपाईको प्रतिक्रिया