बड्डिचौर खम्बागाडे सडक निर्माण समयमै सम्पन्न गर्न सरोकारवालाहरुकाे छलफल


सुर्खेत । निर्माणाधिन बड्डिचौर खम्बागाडे सडकको काम समयावधि भित्रै सम्पन्न गर्न सरोकारवालाहरुको बैठक बसेको छ । बराहताल गाउपालिकाको कार्यालय मा कर्णाली प्रदेश सभा सदस्य बिन्दमान बिस्ट, गाउपालिका अध्यक्ष भिम बहादुर भण्डारी, पुर्बाधार बिकाश निर्देशनालय सुर्खेतका प्रमुख राम शरण आचार्य र डिभिजन बन कार्यालय भेरि बाबियाचौरकाका प्रमुख वसन्त श्रेष्ठ सहित को बैठकले निर्माणाधिन सड्कको काम द्रुत गतिमा अघि बढाउन आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । सडक कालोपत्रे सिलन्यास भएको लामो समय भैसक्दा पनि संतोषजनक काम हुन नसकेको भन्दै सरोकारवाला सहित को बैठक बसेको हो । कर्णाली प्रदेशसभा सदस्य बिस्टले पस्चिम सुर्खेतको लाईफलाईन को रुपमा रहेको सो सडक निर्माणको का समयमै सम्पन्न गर्ने बाताबरण मिलाउन सबै पक्ष संग आग्रह गरेका छ्न । काममा ढिलाई भएको भन्ने जनगुनासो आईरहदा पुर्ब मन्त्री समेत रहेका बिस्ट बुधबार समन्धित कार्यालयका प्रमुख र निर्माण कम्पनिका प्रतिनिधिसहित सडक निरीक्षणमा गएका थिए । निर्माण कम्पनिका ईन्जिनियर सन्जिब शाहले आईई नबन्दा, प्रभाबित स्थानिएको अबरोध, बिधुतका पोलहरु सडक संरचना भित्र परेकोका आदि कारणले सड्क निर्माणमा ढिलाई भएको बताए । मुख्य समस्या भनेको ९ आईई० रिपोर्ट बन्न ढिलो हुदा रुख कटानको काम रोकिएको उनको भनाई छ । सड्क क्षेत्राधिकार भित्र पर्ने रुख हरु काट्न अनुमति नमिल्दा काम सुस्त गतिमा अघि बढेको निर्माण कम्पनिको भनाई छ । एता पुर्वाधार कार्यालय सुर्खेतका प्रमुख आचार्यले भने अबको १ हप्ता भित्र आईई रिपोर्ट को काम पूरा हुने बताए । डिभिजन बन कार्यालय भेरिका प्रमुख वसन्त श्रेष्ठले सरकारी तवरबाटै टिओआर समयमै स्वीकृत नहुदा समस्या आएको बताए । बैठकमा बराहताल गाउपालिकाका अध्यक्ष भिम बहादुर भण्डारीले सडक निर्माण को काम समयमै सम्पन्न गर्न आग्रह गर्दै स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

प्रदेशसभा सदस्य बिस्ट्ले काम ढिलो हुदा जनताले सास्ती खेप्नु परेको भन्दै सबैले आफ्नो क्षेत्रबाट सहयोग गरि काम समममै सम्पन्न गर्नुपर्ने बताए ।पहिलो चरणमा बराहताल गाउँपालिकाको बड्डीचौरदेखि पञ्चपुरी नगरपालिकाको खम्बागाडेसम्मको १३ किलोमिटर सडक कालोपत्रे शुरु भएको थियो। झण्डै तीन दशक अघि निर्माण सुरु भएको यो सडक वर्षौँदेखि स्तरोन्नति हुन नसकेर जीर्ण अवस्थामा थियो । ३ वर्षअघि संघीय सरकारले मदन भण्डारी राजमार्ग नामकरण गरी सडकको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार पारे पनि निर्माण कार्य अघि बढेको थिएन ।
संघ सरकारले स्तरोन्नतिका लागि ध्यान नदिएपछि अपनत्व लिएर प्रदेश सरकारले कालोपत्रेको काम अघि बढाएको हो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ४२ करोड ४७ लाख ६१ हजार लागतमा निर्माण कम्पनीले सम्झौता गरेको छ । कालोपत्रेको जिम्मा अनक जयदेवी जेभी बाँकेले लिएको छ ।
निर्माण कम्पनी र पूर्वाधार विकास निर्देशनालय सुर्खेत बीच गत असार १४ गते निर्माण सम्झौता भएको थियो । कालोपत्रेको काम ०८१ असार २४ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने लक्ष्य लिइएको छ ।
निर्माण कम्पनीका अनुसार पहिलो चरणमा नाला निर्माण, सडक विस्तार लगायतका कामहरु गरिनेछ । यो सडकको सुरुवात ०५१ सालमा मै भएको थियो । निर्माण सुरु भएको लामो समयसम्म पनि स्तरोन्नति नहुँदा पश्चिम सुर्खेतका नागरिक हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे सडकको यात्रा गर्न बाध्य थिए ।

तपाईको प्रतिक्रिया