
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले कर्णाली प्रदेशमा भएको सुनको डल्लोलाई कसैले पनि प्रयोगमा ल्याउन नसकेको बताएका छन् । मंगलवार दर्शन खबरसँग कुराकानी गर्र्दै उनले यस्तो बताएका हुन् । ‘‘कर्णालीमा प्राकृतिकदेखि अन्य साधान स्रोतले कर्णाली भरीपुर्ण भएको साथै सुनको थालीमा बलेको दिया जस्तै कर्णालीलाई देख्थे । राज्यले सहि ढङ्गले कर्णालीलाई सञ्चालन गरेको भए हुन्थ्यो भन्ने लाग्थ्यो तर राज्यले कर्णालीलाई सहि ढङ्गले सञ्चालन गर्न सकेन् ।’’ उनले भने । मुख्यमन्त्री शर्माले कर्णालीमा बजेट कार्यान्वयन सुस्त हुनुमा जनशक्तिको अभाव भएकाले औँल्याए ।
साथै उनले कर्णाली प्रदेशमा भएका जनशक्तिलाई पनि सही सदुपयोग परिचालन गर्न नसकिएको जिकिर गरे । उनले भने ‘‘कर्णालीमा पानी देखि खानीसम्म हुँदा पनि त्यसको सहि सदुपयोग भएको छैन् । कर्णालीमा शिक्षामा पनि त्यति नजर पुगेको देखिदैन् । यस्तो देख्दा मलाई निकै दुःख लाग्छ ।’’ उनले थपे, यो देशमा भएका सकै जनतालाई कर्णाली प्रदेशले मात्रै पाल्न सक्छ । तर त्यसमा सबैको सकारात्मक सोच जानु पर्छ । तर अहिले सम्म पनि कसैको त्यसमा सकारात्मक सोच गएन ।’’ उनले अघिल्लो सत्ताले कर्णाली प्रदेशलाई अगाडि बढाउन नसकेको देख्दा आफुलाई निकै पिडा हुने गरेको धाराणा समेत राखे ।
भिडियो हेर्नहाेस् ।


दर्शन खबर । १७ फाल्गुन २०७९, बुधबार