जाजरकोट । भेरी नगरपालिका ११ का कटिगाउँका स्थानीयले एनआईसी लघुवित्त जाजरकोटका एकजना कर्मचारीलाई कालोमोसो दलेका छन् । मंगलवार चर्को ब्याजदर असुलेको, पटक पटक घरमा ताला लगाउने धम्की दिएको, डर धम्की देखाउने, घरवारविहीन बनाउने काम गरेको भन्दै कालोमोसो दलेका हुन् । मंगलवार नै नेकपाले एक विज्ञप्ती जारी गर्दै जनतालाई चर्को ब्याजदर लगाएको, गाउँघरमा मनपरी तन्त्र गरेकोले कालोमोसो दलिएको जनाएको छ । जब सम्म चर्को ब्याजदर कम हुदैन् तव सम्म त्यस्ता खालका लघुवित्तका विरुद्ध संघर्ष गर्ने नेकपा जाजरकोटका सेक्रेटरी विराजन सीले जानकारी दिए ।


दर्शन खबर । १६ फाल्गुन २०७९, मंगलवार