गुर्भाकोटमा आगलागिबाट एक घर जलेर नष्ट

 

हुमबहादुर कार्की सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्बर ४ मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । गुर्भाकोट वडा नम्बर ४ कपढुङ्गा निवासी आसिराम बिकको घरमा सोमबार साँझ साँढे ५ बजेको समयमा आगलागी हुँदा अन्न लत्ताकपडा, काठ, धनमाल नष्ट भएको हो । घरमा रहेका सम्पूर्ण सामग्री जलेर ठुलो क्षति भएको प्रहरीले जनाएको छ । बिकको घरमा के कारणले आगलागी भएको हो ? भन्ने विषयमा भने खुल्न नसकेको प्रहरी चौकी बोटेचौरले जानकारी दिएको छ । घरमा रहेका सम्पूर्ण सामग्री जलेर ठुलो क्षति भएको हुँदा राहत स्वरुप खानेकुराको व्यवस्था वडा कार्यालयले गरीदिने वडा नम्बर ४ का वडा अध्यक्ष राम बहादुर डाङ्गीले बताए । आगलागी स्थानीयहरुको सहयोगमा केही समय पछि नियन्त्रणमा आएको हो ।


तपाईको प्रतिक्रिया