बिनोद घिमिरे सुर्खेत । गुर्भाकोटमा फागु पुर्णिको अवसरमा गुर्भाकोटको पर्यटन, खेलकुद, कृषि तथा सांकृतिक कार्यक्रम २०७९ सञ्चालन हुने भएको छ । ऐतिहासिक फागु मेला व्यवस्थापन समिती गुर्भाकोट नगरपालिका वडा नं १३ र १४ गुमी सुर्खेतको आयोजना र गुर्भाकोट नगरपालिका वडा न १३ र १४ गुमीको सहआयोजनामा मेला सञ्चालन हुन लागेको हो । आयोजकका अनुसार मेला फागुन २१ गतेदेखी २४ गतेसम्म गुर्भाकोट नगरपालिका वडा नम्बर १३ भेरी शिक्षा क्याम्पस नजिकै सञ्चालन हुने ऐतिहासिक फागु मेला व्यवस्थापन समितीका सचिव बेल बहादुर विकले जानकारी दिए । मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुति समेत रहनेछ ।
फागु मेलामा लोक तथा दोहोरी गायिका शान्ति श्री परियार, गायिका प्रिती आले, गायक श्याम राना मगर, धनराज चुनारा, सुकदेब अधिकारी, खड्क कुमार पुन, गणेश सिंह ठकुरी, गायिक केशरी घर्ति मगर, नवज्योति पन्चेबाजा समुह लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै मेलामा सबै पालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता र क्यारेम बोर्ड प्रतियोगिता हुने भएको छ । जसमा भलिबल तर्फको प्रथम पुरस्कार रु ७५ हजार, द्धितिय पुरस्कार रु ४५ हजार, क्यारेमबोड प्रतियोगिता डबल तर्फ प्रथम पुरस्कार रु १० हजार, डबल तर्फ द्धितिय पुरस्कार रु ५ हजार पाँच सय पचास र सिंगल तर्फ प्रथम पुरस्कार रु १० हजार रहेको छ । भलिबल तर्फको टिम दर्ता शुल्क रु ७ हजार पाँच सय, क्यारेमबोड डबल तर्फ रु १ हजार एक सय, क्यारेमबोर्ड सिंगल तर्फ रु १ हजार तोकिएको छ । टिम दर्ता भने यहि फागुन २१ गते बिहान १० बजेसम्म गर्न सकिने आयोजकले जनाएको छ ।


दर्शन खबर । १६ फाल्गुन २०७९, मंगलवार