चर्चित पप गायक अनिल सिँहको टोली सुर्खेत आउँदै

सुर्खेत । चर्चित पप गायक अनिल सिँह लगायतको टोली सुर्खेत आउने भएका छन् । रङ्गहरूको होली पर्वलाई संगीतमय बनाउन कलाकारहरू सुर्खेत आउने भएका हुन् । होलिको अवसमा हाम्रो कर्णाली युवा क्लवले सुर्खेतको खुल्ला मन्चमा च्यारिटी इभेन्ट कार्यक्रम गर्दै छ । गौ संरक्षणका लागि हुने च्यारिटी इभेन्टमा सहभागी हुन कलाकारहरू सुर्खेत आउन लागेको कर्णाली युवा क्लवका सचिव वविन पोखरेलले जानकारी दिए । २२ गते हुने कार्यक्रम विहान ११ बजेदेखि सुरू छ । कार्यक्रममा प्रवेशका लागि विद्यार्थीहरूका लागि २५० र अन्य नागरिकका लागि ५ सय रूपैयाँ प्रवेश शुल्क तोकिएको छ । कर्णाली युवा क्लव विशेषत खेलकुदको विकास निर्माणमा लागि सक्रिय छ । क्लबले पछिल्लो समय सांगीतिक र सामाजिक हितका क्षेत्रमा पनि हात हालेको छ ।

तपाईको प्रतिक्रिया