गोठीकाँडामा होली विशेष सांगीतिक कार्यक्रम हुँदै

सुर्खेत । रंगहरूको पर्व होलीको अवसरमा सुर्खेतको गोठीकाँडामा होली विशेष सांगीतिक कार्यक्रम हुने भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ गाउँले रिसोर्टमा कार्यक्रम हुने भएको हो । कार्यक्रममा चर्चित र्यापर डिएन एक्स (दिनेश नेपाली) र ममता राना आउने रिसोर्टका सञ्चालक विमल सुवेदीले जानकारी दिए । कार्यक्रम २२ गते विहान ११ बजेदेखि सुरु हुने बताईएको छ । गोठीकाँडामा आन्तरिक पर्यटक भित्राउने उद्देश्यले सांगीतिक कार्यक्रमको आयोजना गरीएको हो । उक्त कार्यक्रममा एक हजार प्रवेश शुल्क तोकिएको छ । कार्यक्रममा रिसोर्टले स्न्याक, पेय पदार्थ निशल्क उपलब्ध गराउने छ । गोठीकाँडा वीरेन्द्रनगरको पछिल्लो समयमा चर्चित पर्यटकीय स्थल बनेको छ ।

तपाईको प्रतिक्रिया