आठ दलको गठबन्धन आगामी चुनावसम्मै टिक्छ : माधव कुमार नेपाल

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुहरुमा आत्मविश्वास र दृष्टिकोण भएका कारण ८ दलको गठबन्धन आगामी चुनावसम्मै टिक्ने बताएका छन् । सोमवार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई राष्ट्रिय राजनीतिमा क्रान्तिकारी धार भएको पार्टीको रुपमा अगाडि बढाउन चाहिरहेको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले अहिलेको गठबन्धनले कुन मोड लिने हो ? अहिले नै यसै भन्न नसकिने तर्क गरे ।

एमाले अध्यक्ष केपी ओलीसँगको वार्ताका विषयमा बोल्दै उनले सुरुमा उनी सकरात्मक देखिए पनि अन्तिममा कुरा नमिलेको बताए । यसअघिका निर्वाचनमा अपेक्षा गरेअनुसार नतिजा नआएको बताउँदै उनले त्यसलाई नकरात्मक भन्दा पनि सकारात्मक रुपम लिँदै पार्टीलाई सुदृढीकरण गरिने बताए । नेपालले आफुहरुले आँट गरेको खण्डमा राजनीतिकको कोर्ष नै परिवर्तन गर्न सकिने दाबी गरे । उनले राष्ट्रपतिमा काँग्रेसबाटा उम्मेदवार बनेका रामचन्द्र पौडेल विजयी हुने बताउँदै संविधानको रक्षाको लागि पहिले नै बनेको गठबन्धन पुनः विउँतिएको बताए ।

तपाईको प्रतिक्रिया