गुर्भाकोट नगरपालिकाद्धारा विद्यालय अनुगमन तिव्र

हुमबहादुर कार्की सुर्खेत । गुर्भाकोट नगरपालिकाले विद्यालय अनुगमनलाई तिब्र बनाएको छ । नगर भित्रमा रहेका विद्यालयको भौतिक तथा शैक्षिक अवस्था, सुधार गर्नुपर्ने पक्ष, विद्यार्थी संख्या शिक्षक संख्या लगायतका विषयमा स्थलगत अनुगमन गरी प्रतिवेदन तयार गर्दै नगर सामाजिक विकास समितिले विद्यालय अनुगमनलाई तिव्र बनाएको हो । नगरका सबै सामुदायिक विद्यालयको अनुगमन गर्ने सामाजिक विकास समितिका संयोजक बासुदेब शर्माले जानकारी दिए । उक्त सबै विद्यालयमा पुगेर वास्तविक अवस्था सहितको रिपोर्ट संकलनको काम भइरहेको संयोजक शर्माको भनाई छ । अनुगमन सकाएपछि नगरको हालको शैक्षिक अवस्था र सुधार गर्नुपर्ने पक्षलाई हेर्दै प्रतिवेदन तयार पारी नगरपालिकामा पेश गर्ने उनले बताए । यसैगरी शिक्षक महासंघ सुर्खेतका अध्यक्ष ढाल बहादुर खत्रीले नगरको शिक्षाको मुहार छर्लंग हुने र शिक्षाको विकासका लागि के गर्ने भनेर योजना बनाउन सहज हुने विश्वास गरिएको उनले बताए ।

साथै गुर्भाकोटमा सामुदायिक कुल ७५ वटा विद्यालय रहेको हुँदा प्रत्येक विद्यालयमा पुगेर स्थलगत रुपमा गहिरो अनुगमन गरिरहेको नगर शिक्षा समितिका सदस्य समेत रहेका प्रकाश डिसिले बताए ।  विद्यालयमा पुगेर विद्यालयको अवस्था सुधार गर्नुपर्ने अवस्था विद्यार्थी र शिक्षक संख्या पढाइ लेखाइ सरसफाइ विद्यालयले गरेका गतिविधि लगायतका विवरण संकलन गरिरेहका बताउँदै अनुगमनमा भेटिएका सबै कुरा प्रतिवेदनमा समावेश गर्ने डिसिले बताए । गुर्भाकोट नगरपालिकामा अहिलेसम्म नगरका १२ वटा विद्यालयमा अनुगमन गरिएको छ । जसमध्य आइतवार र सोमवार गरि वडा नम्बर ३ र २ का १२ वटा विद्यालय अनुगमन गरिएको छ । वडा नम्बर ३ को धारापानी अवस्थित नादे मावि सहित ८ वटा र वडा न २ को जन ज्ञान भण्डार मावि, प्रावि दर्खासे आवि रपट अनुगमन गरिसकेको र बाँकी तत्काल अनुगमन कार्य सक्ने समितिले जानकारी दिएको छ । १४ वटै वडाका ७५ वटा विद्यालयमा अनुगमन सकिएपछि नगर शिक्षा शाखाबाट प्रतिवेदन तयार पार्ने नगर शिक्षा शाखाका प्रतिनिधि सुरेन्द्र बिक्रम भण्डारीले जानकारी दिए ।


तपाईको प्रतिक्रिया