समर्थन फिर्ता सहित सरकारबाट बाहिरियो एमाले

काठमाडौं । नेकपा एमालेले प्रचण्ड नेतृत्वमाथिको समर्थन पनि फिर्ता लिएको छ । सचिवालयको आकस्मिक बैठकपछि सरकारबाट बाहिरिने निर्णयसँगै समर्थन पनि फिर्ता लिएको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री प्रचण्ड गम्भीर भएर नलागेको भन्दै बैठकले सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको बताए । परराष्ट्रमन्त्री विमला राई पौड्यालको भ्रमण रोक्ने प्रधानमन्त्रीको कदमले नकारात्मक सन्देश जानुका साथै राष्ट्रको इज्जतमाथि प्रभाव परेको एमालेको निष्कर्ष छ । यसअघि आठदलीय गठबन्धन बनेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमाथिको फिर्ता लिने निर्णय गरिसकेको छ ।


तपाईको प्रतिक्रिया