
सल्यान । बागचौरमा सेनिटाईजर सेवनबाट एक जना बिरामी भएका छन् । बागचौर नगर पालिका वडा नम्बर ९ डाँगीगाउँ बस्ने अन्दाजि ५२ वर्षका ईमान डाँगीले मादक पदार्थ सेवन गरी आफ्नै घरमा भएको २ सय ५० मिलिलिटरको बोतलमा राखेको सेनिटाईजर सेवन गरी बिरामी भएका हुन् । बिरामी भएका डाँगीलाई उपचारका लागि सहज पोलिक्लिनिक थारमारेमा सामान्य उपचार पश्चात थप उपचारको लागी जिल्ला अस्पताल सल्यानमा ल्याईएको र त्यँहा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरीएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनएको छ । उनको अवस्था अहिले मध्यम रहेको प्रहरीको भनाई छ ।


दर्शन खबर । १५ फाल्गुन २०७९, सोमबार