पल शाहको मुद्दाको सुनुवाइ सकियो

काठमाडौँ । बलात्कार मुद्दा खेपिरहेका कलाकार पल शाहको मुद्दाको सुनुवाइ सकिएको छ । उच्च अदालत पोखरामा शाहले दायर गरेको रिटको सुनुवाइ सकिएको हो । नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उनले रिट दाय गरेका थिए। न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा सुनुवाइ सकिएसँगै आजै आदेश आउन सक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया