भेरीगंगामा लागुऔषध सहित सिम्ताका एक जना पक्राउ

सुर्खेत । भेरीगंगामा लागु औषध सहित एक जना पक्राउ परेका छन् । भेरीगंगा नगरपालिका वडा नम्बर १० टोलीखोला स्थित रत्नराजमार्गमा नेपालगञ्जबाट सुर्खेत तर्फ आउँदै गरेको बा ४ ख ५३२८ नम्बरको फोर्स गाडीलाई चेकजाँच गर्दा सुर्खेत सिम्ता गाउँपालिका वडा नम्बर १ खनेटा घर भई हाल वीरेन्द्रनगर नगरपालिका १० खजुरामा कोठाभाडामा बस्दै आएका अन्दाजी २० वर्षका आर्यन राना लाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका रानाको साथबाट नाप तौल नगरेको २ पुरिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनएको छ ।

तपाईको प्रतिक्रिया