गुर्भाकोटमा विद्यार्थी र प्रहरी बिच अन्तरक्रिया कार्यक्रम

हुमबहादुर कार्की सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्बर २ स्थित जन ज्ञान भण्डार माबी कोटखोला, आधारभुत विद्यालय रपट बिच सामुदायिक साझेदारी प्रहरी चौकी मालारानीले विद्यालय सम्पर्क समिति गठन गरेको छ । मावि कोटखोला संयोजकमा प्रधानध्यापक गङ्गा प्रसाद भट्ट र आधारभुत विद्यालय रपट संयोजकमा प्रधानध्यापक टिकाराम शर्माको संयोजकत्मा ९९ सदस्यीय गठन गरिएको हो । सामुदायिक साझेदारी प्रहरी चौकी अन्तरगत प्रहरी चौकी मालारानीले एक कार्यक्रम आयोजना गरी ‘प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम’ मा विद्यार्थी र प्रहरी बिच अन्तरक्रिया कार्यक्रम गरेको हो ।

माध्यमिक विद्यालय कोटखोला र आ बि रपट का विद्यार्थीहरु र प्रहरी बिच लैगिंक हिंसा, बाल बिवाह, बोक्सीको आरोप, छुवाछुत, लागु औषध र ट्राफिक नियम तथा साईबर क्राईम सम्बन्धी अन्तरक्रिया भएको प्रहरी चौकि मालारानीका प्रमुख नर बहादुर शाहीले जानकारी दिए । विद्यार्थीहरु सहभागी भएको उक्त कार्यक्रममा गुर्भाकोट वडा नम्बर २ का सचीव गणेश डिसि, विद्यालयका प्रधानध्यापक गङ्गा प्रसाद भट्ट र टिकाराम गैरे सहित शिक्षक, सुरक्षाकर्मी, समाजसेवी, बुद्धिजीवी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया