दिपक बराल सुर्खेत । लेकवेशी नगरपालिका वडा नम्बर ८ नारजलेमा संचालित सन्तनिंकारी मण्डलले गुरु पुजाको अवसरमा सरसफाई अभियान सम्पन्न गरेको छ । २३ फेब्रवरी गुरु पुजाको खुसियालिमा सन्तनिंकारी मण्डल १४७६ युनिटका सेवादलहरुको सक्रियतामा शुक्रबार सरसफाई अभियान सम्पन्न गरेको हो । लेकवेशी नगरपालिका ५ नेटा पवित्र सत्संग भवन, लेकवेशी नगर पालिका ७ कल्याण कुईरे पवित्र सत्ंसंग भवन, लेकवेशी ९ सिमदमार पवित्र सत्संग भवन र लेकवेशी नगरपालिका ८ नारजले पवित्र सत्संग भवनका सेवादलहरुको अगुवाईमा सार्वजनिक कार्यलयहरु लेकवेशी नगर पालिका वडा नम्बर ८ वडा कार्यालय, वडा नम्बर ८ को स्वास्थ्य चौकी कार्यलय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कुईनेपानिको परिसरमा सरसफाई गरीएको सन्तनिंरकारी मण्डल नारजले पवित्र भवनका सत्संगमुखि राम बहादुर पुलामिले बताए । लेकवेशी नगरपालिका वडा ८ का वडा अध्यक्ष टिकाराम छन्टेलले सरसफाई आभियानमा बोल्दै निरंकारी मिसनमा आबद्घ रहेर मानिसको मन ह्रिदय जति स्वाच्छ र सफा छ । त्यस्तै निरंकारी मिसनको सरसफाई अभियानले सार्वजनिक संंघ सस्थाहरुको परिसरमा स्वाच्छता र सुन्दरता छाएको बताए ।
आफु निर्वाचित भए यता पहिलो पटक नारजले पवित्र भवनका सत्संग मुखि राम बहादुर पुलामीको अगुवाइमा र्अथात १४७६ युनिटका सेवादलहरुको सक्रियतामा सरसफाई अभियान सम्पन्न भएको भन्दै सम्पुर्ण सन्तनिरंकारी मण्डल परिवारलाई अध्यक्ष छन्टेलले धन्यवाद ज्ञापन गरे । सन्तनिरंकारी मण्डल मानिसहरुलाई ज्ञानको ज्योती प्रदान गर्ने एक धार्मिक स्थल भएकोले नारजलेमा संचालित सन्तनिरंकारी भवनलाई आफ्रनो वडाबाट सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । सरसफाई अभियानमा सन्तनिरंकारी मिसन सत्संग भवन नेटाका स्टेज प्रचारक ललित राडि, प्रेम बहादुर राम्जाली, सिम दमार सत्संग भवनका स्टेज प्रचारक याम बहादुर सारु, नारजले बाल सत्संगका स्टेज प्रचार अर्जुन पुलामी, सत्संग मुखि राम बहादुर पुलामी, सञ्चारकर्मी एवंम सक्रिय सेवादल दिपक बराल लगायत ३ सय भन्दा बधि सन्तभत्तहरुको सहभागी रहेको थियो । सन्तनिरंकारी मण्डलले रत्तदान जस्ता अन्य धेरै महत्वपुर्ण कार्यक्रमहरु समेत गर्दै आएको छ ।


दर्शन खबर । १४ फाल्गुन २०७९, आईतवार