भेरीगंगामा ठुलो मात्रामा चामल बरामद

सुर्खेत । भेरीगंगामा प्रहरीले विल नभएका अवैध ६० बोरा चामल बरामद गरेको छ । भेरीगंगा नगरपालिका वडा नम्बर ५ को अस्थायी प्रहरी पोष्ट बबईमा नेपालगञ्जबाट गुर्भाकोट नगरपालिका बोटेचौर तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०४११ नम्बरको बोलेरो जिपलाई शनिवार साझ अन्दाजी ५ बजेको समयमा चेकजाँच गर्दा विल नभएको २६ केजीको भारतिय पाल्कि ६० बोरा चामल बरामद गरेको हो । बरामद गरेको चामल अनुसन्धानका लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुुर शाहीले जानकारी दिए ।


तपाईको प्रतिक्रिया