सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले देशमा व्यवस्था परीर्वतन भएपनि जनताको अवस्था परिर्वतन नभएको बताएका छन् । आईतवार वीरेन्द्रनगरमा नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री शर्माले यस्तो बताएका हुन् । देशलाई एकतावद्धता र स्वस्थ बनाउन नेपाल क्रिकेट संघले महत्वपुर्ण योगदान गर्दै आएको स्मरण गराउँदै मुख्यमन्त्री शर्माले अगामी दिनमा पनि यस्तै योगदान गरीरहन् क्यानलाई शुभकामना व्यक्त गरे । उनले दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा हुन लागेको हुँदा क्यानले उक्त खेलकुदलाई केही सहयोग गर्ने विश्वास लिएको बताए । यस्तै कर्णाली खेलकुद परीषदका उपाध्यक्ष प्रमोद हमालले दशौँ राष्ट्रिय खेलकुदको लागि १ अर्व ३४ करोड रकम लाग्ने बताए ।
उनले कर्णाली प्रदेशका सचिवहरु कर्णालीमा वढुवा नम्बर बढाउन मात्रै आउने गरेको आरोप लगाए । बाहिरी जिल्लाबाट आएका प्देश सचिवहरुबाट भने जस्तो काम नहुने हुँदा स्थानिय प्रदेश सचिवहरुलाई कर्णालीमा रााख्न उनले मुख्यमन्त्री शर्मालाई आग्रह गरेका छन् । यस्तै उद्घाटन सत्रमा बोल्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले कर्णालीमा हिरा भएको तर फटाउन कसैले पनि नसकेको टिप्पणी गरे । उनले अब कर्णालीमा भएको हिरा मुख्यमन्त्री शर्माले हिरा फुटाएर राम्रो इतिहास रच्न सफल हुने आशा गरेको बताए । उनले कर्णाली प्रदेश क्रिकेटमा कणर्माली प्रदेश सवै प्रदेश भनदा पछाडि रहेको उल्लेख गरे । नेपाल क्रिकेट संघको साधारण सभामा ४५ भन्दा बढी जिल्लाका अतिथिहरु सहभागि भएका छन् । साधारण सभा भोलि सम्म चल्ने बताईएकोे छ । सभामा उपस्थित भएका अतिधिहरुलाई क्यानले मायाका चिनो समेत प्रदान गरेको थियो ।



दर्शन खबर । १४ फाल्गुन २०७९, आईतवार