दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि प्रभाकरको हातमा

दुर्गा विसि सल्यान । बनगाड कुपिण्डे नगरपालिकामा दोस्रो नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि प्रभाकर माध्यमिक विद्यालयले हात पारेको छ । प्रभाकर माविको २३ स्वर्ण पदक बनाउँदै रनिङ्ग शिल्डको उपाधि हात पारेको हो । यस्तै दोस्रो स्थानमा १९ स्वर्ण सहित माध्यमिक विद्यालय च्युरा, १४ स्वर्ण सहित कृष्ण बोर्डिङ स्कुल तेस्रो भएको छ । समापन कार्यक्रममा नगर प्रमुख कर्णवहादुर वुढाथोकि, प्रशासकिय अधिकृत जगत घर्ती, शिक्षा शाखा प्रमुख चक्रबहादुर रावतले विभिन्न विद्यामा प्रतियोगीहरुलाई मेडल सहित प्रमाणपत्र वितरण गरेका हुन् । रनिङ्ग शिल्डमा १८ वर्ष मुनिका लाई मात्रै सहभागि गराउने भनिए पनि केही विद्यालयले १८ वर्ष माथि उमेर पार गरेका विद्यार्थीहरुको सहभागि गराएका थिए । जसमा आयोजक विद्यालय प्रभाकर माविले नै १८ वर्ष माथि उमेर पार गरेका विद्यार्थी खेलमा सहभागी बनाएको हुँदा प्रथम स्थान हासिल गरेको अन्य विद्यालयले आरोप लगाएका छन् । यता शाखाले भने गैर कानुनी काम गर्ने विद्यालय बारे उपर निवेदन नपरेका कारण कारवाहि नभएको जनाएको छ ।

तपाईको प्रतिक्रिया