बराहतालमा जग्गा नापजाँच कार्यको प्रारम्भ

सुर्खेत । बराहताल गाउँपालिकामा अव्यवस्थित बसोबासिहरुको जग्गा नापजाँच कार्यक्रमको शुभारम्भ भएको छ । सुर्खेत क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य हृदयराम थानीको प्रमुख आतिथ्यता तथा सुर्खेत क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य बिन्दमान बिष्टको विशिष्ट आतिथ्यता र बराहताल गाउँपालिकाका अध्यक्ष भिम बहादुर भण्डारीको सभापतित्वमा अव्यवस्थित बसोबासिहरुको जग्गा नापजाँच शनिवार   एक कार्यक्रमको आयोजना गरी वडा नम्बर २ को रानिघाटमा शुभारम्भ भएको हो । सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य विन्दमान बिष्टले निर्वाचनको बेला जनता माँझ गरिएका बाँचा पूरा गर्न आफुहरु प्रतिबद्ध रहेको बताएका छन् ।

अबको केही समयमै सो क्षेत्रमा छिट्टै पक्किपुल निर्माणको पहल गर्ने उनले प्रतिवद्धता समेत जनाएका छन् । यस्तै गाउँपालिका अध्यक्ष भण्डारीले जग्गा नाप्ने काम बिवादरहित ढंगबाट गर्न प्राबिधिक र स्थानीयलाई आग्रह गरेका छन् । उनले संबिधानमा मौलिक हक अन्तर्गत भुमिहिन नागरिकलाई लालपुर्जा बितरण गर्नुका साथै शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यकता सरकारले पुरा गर्नु पर्ने बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य हृदयराम थानीले नागरिकको जीबनयापनको लागि भुमिहिन र सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण कार्य हुनु सराहनीय रहेको उल्लेख गरे । गाउँपालिकाले केही दिन अगाडि मात्रै वडा नम्बर ५ मा रातोपुर्जा र ४ मा नापी कार्य वितरण गरीसकेको छ ।

तपाईको प्रतिक्रिया