गुर्भाकोटमा अटो र बाइक एकआपसमा ठोक्किदा ४ जना घाइते

हुम बहादुर कार्की सुर्खेत । गुर्भाकोटमा अटो र मोटरसाईकल एकआपसमा ठोक्किदा ४ जना घाइते भएका छन् । गुर्भाकोट नगरपालिका २ स्थित खरिगैराबाट गैरीबजार तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ह ०७२४ नम्बर को अटो र विपरीत दिशाबाट आईरहेको लु ७८ प २५९४ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा ४ जना घाइते भएका हुन् । घाईते हुनहरुेमा मोटरसाईकल चालक गुर्भाकोट नगरपालिका २ का २८ वर्षिय आर्जन केसि सोही ठाउँका ३४ वर्षिय युबराज कँडेल र गुर्भाकोट नगरपालिका वडा नम्बर १ का ३६ वर्षिय बालकृष्ण ढुंगाना र अटो चालक सोही ठाउँका ३२ वर्षिय युद्द बहादुर पचभैया रहेको मालारानी प्रहरी चौकीका असई नर बहादुर शाहीले दर्शन खबरलाई जानकारी दिए । घाईते भएका चारै जनालाई उपचारका लागि मेहलकुना अस्पतालमा पठाईएको छ । अटो र मोटरसाईकललाई मालारानी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया