मुगु । छायाँनाथ रारा नगरपालिकाले सदरमुकाम गमगढी बजारमा सार्वजनिक जग्गा मिचेर बनाईएका अवैध संरचना भत्काउन सुरु गरेको छ । पटक पटक सुचना जारी गदै सार्वजनिक जग्गा मिचेर बनाईएका संरचना हटाउन आग्रह गरेको भएपनि स्थानीयले अटेरी गरेपछि शुक्रबार छायाँनाथ रारा नगरपालिकाले आफै अवैध संरचना भत्काउन थालेको हो । गत असोज १४ गते पहिलो ३५ दिने सुचना जारी गदै गमगढी बजार साघुँरो भएको र सार्वजानिक जग्गा मिचेर बनाईएका संरचना घर,भरयाङ्ग, बार्दली,रेलिङ्ग,लगायत हटाउन आग्रह गरेको थियो । त्यस पछि अर्को सुचना मंसिर ९ गते र अर्को सुचना पुस २१ गते लगत्तै सर्वदलिय बैठक बसेर रेखाकंन गरेर सार्वजनिक जग्गा बनाईएका संरचनाको चिन्ह लगाउने काम गरिनुका साथै अवैध संरचना हटाउन अर्को सुचना जारी गरिएको थियो ।
फागुन ५ गते अन्तिम सुचना जारी गरेर अवैध संरचना हटाउन आग्रह गरेको भएपनि स्थानीयले कुनै चासो नराखी अटेरी गरेपछि नगरपालिका बाध्य भएर आफै संरचना भत्काउन लागेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुुख बिष्णु कुमार भामले बताए । उनका अनुसार यो कार्य कुनै आग्रह पुर्वग्रह नभई सुन्दर गमगढी बजार बनाउनको लागी हो । सार्वजनिक जग्गा मिचेर बनाईका संरचना हटाउन बारम्बार आग्रह गर्दा पनि सुनुवाई नभएपछि स्थानीय प्रशासनको सहयोगमा आफै नगरपालिकाले अवैध संरचना भत्काउने काम गरेको बताए । अहिलेलाई सार्वजानिक जग्गा मिचेर बनाईएका संरचनाहरु घर,भ¥याङ्ग, बार्दली,रेलिङ्ग,लगायतका भत्काउने कार्य भएको छ ।


दर्शन खबर । १३ फाल्गुन २०७९, शनिबार