राष्ट्रपतिमा सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता, प्रस्तावकमा ओली

काठमाण्डौँ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका हुन् । नेम्वाङको प्रस्तावका पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र छविलाल विश्कर्मा रहेका छन् । योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी थापा (रावल) र अमनकुमार मास्के समर्थक रहेका छन् ।


तपाईको प्रतिक्रिया